
४ कात्तिक, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्तर्गत उम्मेदवारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेदवार रामहरि अधिकारीले संयुक्त प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
विद्रोहमार्फत राजनीतिक शुद्धीकरणमा सहयोग गर्न आग्रह गर्दै उनीहरुले मंसिर ४ मतदाताको विवेक र आफ्नो विद्रोहको संयोजन गर्ने दिन हुने बताएका छन् ।
‘मैलै परम्परागत राजनीति र व्यक्तिको विकल्प दिन उम्मेदवारी दिएर विद्रोह गरेको छु, तपाईंले विकल्प रोजेर विद्रोह गर्ने बेला भएको छ । मंसिर ४ तपाईंको विवेक र मेरो विद्रोहको संयोजन गर्ने दिन हो । त्यहीँबाट सुरु हुनेछ– नयाँ दिन र पारदर्शी एवं जनताप्रति उत्तरदायी राजनीति’, पाठकको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।
कृषि, सहकारी, पत्रकारिता, कलाकारिता, शिक्षा तथा स्वास्थ्यका साथै पर्यटन क्षेत्रको अध्ययन र अनुभवलाई राजनीतिक क्षेत्रको माध्यमबाट नागरिक सेवामा समर्पित रहने प्रतिबद्धताका साथ उम्मेदवारी दिएको उनीहरुले बताएका छन् ।
प्रतिबद्धता पत्र पढ्नुहोस्
प्रतिक्रिया 4