
७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार बिदामा अत्यावश्यक कामलाई नियमित सञ्चालन गर्ने भएको छ ।
महानगरकाअनुसार दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श सेवा तिहार बिदामा पनि नियमित सञ्चालन हुनेछ ।
आइतबार बसेको विभागीय प्रमुखहरुको बैठकले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार भाइटीकाका दिन सर्वसाधारणका लागि रानीपोखरी खुल्ला रहने छ ।
पर्व विदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवाका काम रोक्न नमिल्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4