
१४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले भारतको दिल्ली उडान रद्दबारे यात्रुसँग क्षमा मागेको छ । आइतबार काठमाडौं–दिल्ली–काठमाडौंको उडान आरए–२१७/२१८ र आइतबारको उडान आरए २०५/२०६ रद्द भएकोमा नेवानिले यात्रुसँग माफी मागेको हो ।
निगमले यस्तो घटना नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिकामा दिल्ली उडान कटौती गरेपछि पूर्वनिर्धारित तालिका अनुसार उडान निरन्तर हुन सकेको थिएन ।
यसले सयौं यात्रु प्रभावित बनेका छन् । गन्तव्यमा पुग्न नसकेका यात्रुलाई वैकल्पिक व्यवस्थाबाट उडान व्यवस्थापन गरिने निगमकी प्रवक्ता अर्चना खड्काले बताएकी छन् । निगमले यसअघि पाइरहेको दैनिक २ उडानलाई प्राधिकरणले सातामा ४ वटा उडान कटौती गरिदिएको छ । प्राधिकरणले भने निगमले तालिका नै स्वीकृत नभएको दिनमा गैरकानुनी रुपमा टिकट काटेको भन्दै स्पष्टीकरण समेत गरेको छ ।
प्रतिक्रिया 4