+
+

वाणिज्यले छापा मार्दा भेटायो म्याद गुज्रिएका ८ हजार डब्बा रंग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १४:४२

१८ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बालकुमारीमा एक रंगको गोदाममा छापा मारेको छ ।

शुक्रबार कम्पनीको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा गरिएको अनुगमनमा उपभोग्य मिति सकिएको रङ्गलाई नयाँ मिति राखेर बजार पठाउने गरिएको फेला परेको विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबार ८ हजार थान रङ्गको डिब्बा (टिनको डब्बा) नियन्त्रणमा लिइएको विभागका निर्देशक एवम् सूचना अधिकारी होमनाथ भट्टराईले जानकारी दिए । ‘अनुगमनका क्रममा रिलेबलिङ गरेको पाइयो,’ भट्टराईले भने, ‘पुरानो मिति मेटाएर कागजमा नयाँ मिति राखेको पाइएको छ । रङ्गहरु विभागले जफत गरेको छ । ’

विभागकाअनुसार उपभोग्य अवधि गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्य सहित रिलेबलिङ गरिएको पाइएको छ । यस्तै गरी कम्पनीले बजारमा रङ्गहरु पठाउने गरेको विभाग जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?