+
+

‘दाह्री फुल्यो बैंसैमा’ गायक आशिष एक वर्षका लागि ओएसआरमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते ८:१३

२३ कात्तिक, काठमाडौं । आफ्नो उत्पादनमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा अभिनय गर्न ओएसआर डिजिटलले गायक आशिष सचिनलाई एक वर्षका लागि अनुबन्ध गरेको छ । आशिषका ‘दारी फुल्यो बैंसैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

ओएसआरले गायक आशिषलाई एक वर्षका लागि वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । एक वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले आठवटा गीतसहित वर्षभरि आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआरमार्फत आफ्ना म्युजिक भिडियो बजारमा ल्याइरहेका छन् ।

गायनसँगै म्युजिक भिडियोमा समेत अभिनय गर्दै आएका आशिषको पछिल्लो म्युजिक भिडियो ‘छमक छमक तेरी पाउजुले’ हो ।

गायक आशिषको ‘दारी फुल्यो बैंसैमा’ बोलको गीतले करिब नौ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ । जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?