
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड सुरु भएको छ । शुक्रबार सम्पन्न नकआउट राउण्डको पहिलो एपिसोडमा टीम प्रमोदका नौ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भएको थियो । जसमध्येबाट तीनजना छानिएका छन् र उनीहरु लाइभ चरणमा प्रवेश गरेका छन् ।
आशिष महर, आशिष रायमाझी र योगेश मगर टीम प्रमोदबाट आगामी चरणमा प्रवेश गरेका हुन् । आगामी राउण्डमा लाइभ प्रस्तुति हुने र निर्णय दर्शकीय मतको आधारमा हुने जनाइएको छ ।
कोच राजेशपायल राई, प्रविशा अधिकारी र राजु लामाको समूहका ९/९ जना प्रतिस्पर्धीले बाँकी नकआउट एपिसोडहरुमा प्रतिस्पर्धा गर्दैछन् । नकआउटमा प्रतिस्पर्धा गर्ने ३६ जनाबाट १२ जना लाइभ राउण्डको लागि छनौट हुने जनाइएको छ ।
भ्वाइसको नकआउट राउण्ड निकै रोचक देखिएको छ । लाइभ राउण्डबाट दर्शकीय भोट पनि सुरु हुने भएकाले आगामी प्रतिस्पर्धा झनै रोचक हुने अपेक्षा गरिएको छ ।
द भ्वाइस अफ नेपाल हिमालय टिभीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4