+
+

लौरो अभियानले ओमप्रकाश सर्राफलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १६:४१

२७ कात्तिक, वीरगञ्ज । हाम्रो नेपाली पार्टी (लौरो अभियान’ले युवा नेता ओमप्रकाश सर्राफलाई मधेश प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

हाम्रो नेपाली पार्टीबाट पर्सा क्षेत्र नं १ (२) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका नेता सर्राफलाई मधेश प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि सारेको हो ।

पर्सा क्षेत्र नं १ (२) मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको क्षेत्र हो । एमाले जसपा गठबन्धनबाट मुख्यमन्त्री राउतले पनि प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । पाँच दलीय गठबन्धनबाट रामनारायण कुर्मी उम्मेदवार छन् ।

हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै सर्राफलाई मधेस प्रदेशको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

लामो समय विभिन्न दल तथा नेताको नाममा मीठा सपना देखाएर जनताको मत लिएर मधेश र मधेशी जनतामाथि पटक पटक बलात्कार गरेको घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो नोपाली पार्टीको लौरो अभियानले धेरै भन्दा धेरै बालेन, हर्क र सागरहरुलाई सदनमा पु¥याएर सबै भ्रष्ट नेताहरुलाईै जेल हाल्ने र मधेश प्रदेशलाई समृद्ध बनाउने दावी विज्ञप्तिमा गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?