
भोजपुर– भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किरातीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । २५ हजार १३४ मत गणना हुँदा किरातीले २ हजार ३७४ मतको अग्रता बनाएका छन् ।
किरातीले १२ हजार ५२ मत प्राप्त गर्दा नेकपा एमालेका शेरधन राईले ९ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् । जनता समाजवादीका ध्रुव छाङछाङ दुमिहाङ राईले ३ सय ५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय ९५, हाम्रो नेपाली पार्टी लौरोले १ सय २७, नेपालका लागि नेपाली पार्टी शंख ५ सय ६६ मत प्राप्त गरेका छन् ।
अन्य क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरिरहेका बेला भोजपुरमा भने कुनै असर पारेका छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4