+
+

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघ-संस्थालाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १३:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थालाई सहयोग गरेको छ । देशका विभिन्न स्थानमा रहेका शाखाहरुले सामाजिक उत्तरदायित्व अनुसार नगद लगायत अन्य आवश्यक सामग्री सहयोग गरेको बैंकले जनाएको छ ।

काठमाडौंका थापाथलीमा रहेको बैंकको शाखाले त्रिपुरेश्वरमा रहेको नेपाल दृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुका लागि ब्रेल पुस्तक तयार गर्न १ हजा ८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ । उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकको न्यूरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पंञ्चमुखी गणेश मूर्ति स्थापना गर्न ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यसैगरी बैंकको ठुटीपिपल शाखाले ओमसत्तिया गाँउपालिका-१, रुपन्देहीमा अवस्थित श्री गंगा विसुन आधारभूत विद्यालयललाई ढिके पिङ्ग लगायतका शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकको रुकुम शाखाले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई मिटिङ हलमा प्रयोग हुने राउन्ड टेबल सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?