
काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४ को उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको छ ।
महालक्ष्मी विकास बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आईसीएफसी फाइनान्स लिमिटेड दोस्रो भएको छ ।
प्रतियोगिताको उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली घोषित भए भने उत्कृष्ट विकेट किपर माछापुच्छ्रे बैंकका निशेस केसी भए ।
यसैगरी उत्कृष्ट बलर एभरेस्ट बैंकका रोशन महत बन्दा एनएमबी बैंकका अनिल बर्तौला उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने उत्कृष्ट खेलाडी आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना भए ।
प्रतियोगिताका विजेता र उपविजेता टिम एवम् उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिएको बैंकले जनाएको छ ।
२२ जेठदेखि सुरु भएको प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4