
काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा ‘स्प्लिट बिल’ सुविधा प्रयोग गर्न पाउने भएका छन् । यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्।
खाँजा खाँदा होस् या सपिङमा जाँदा नमस्ते पेको ‘स्प्लिट बिल’ सेवा कुनै झन्झटविना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिने नमस्ते पेले जनाएको छ । क्यूआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधाबाट लाभ लिन सकिन्छ।
एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी यूएसएसडी मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ
प्रतिक्रिया 4