
२९ मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नयाँ कार्यसमिति चयन गरेको छ । २८ मंसिर बुधबार सम्पन्न संघको १३ वार्षिक साधारणसभा तथा छैटौं वमहासभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
महासभाले द राइजिङ नेपालमा कार्यरत मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा हाम्रोअर्थ डटकमकी सम्पादक मेनुका कार्की र नोटबजार डटकमका परमेश्वर अधिकारी निर्वाचित भएका छन् । यस्तै महासचिवमा अनलाइनखरका नवीन ढुंगाना, सचिवमा नेपालखबर डटकमका दीपक भट्ट र कोषध्यक्षमा सिंहदरबार डटकमकी दिलु कार्की निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरू अनलाइखरका विजय पराजुली, रातोपाटी डटकमका निकेश खत्री, सेतोपाटी डटकमकी सविना कार्की र नेपालप्रेस डटकमका राजाराम न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै महासभामा तीन जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा सम्झना घिमिरे, सन्तोष रोकाय र उर्वसी बस्नेत रहेका छन् ।
घिमिरे ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र रोकाय ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । पुरस्कारको राशी ५०/५० हजार रुपैयाँ रहेको छ । दुवै पुरस्कार पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित पुरस्कार हो ।
रेडियो सगरमाथाकी स्टेसन म्यानेजर समेत रहेकी बस्नेत नाफिज आर्थिक पत्रकार सम्मानबाट सम्मानित भएकी हुन् ।
प्रतिक्रिया 4