
२ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईं दिँदै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरुले चाहेको पनि बताए । ‘गठबन्धनलाई जनताले अनुमोदन गरेका छन् र, चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहरुको निर्णय हुनेछ । र, त्यो निर्णयको जानकारी म तपाईंहरुलाई गराउनेछु । तपाई अनुमान गर्न सक्नु हुन्छ । गठबन्धनको बैठक भइसकेपछि त्यसको निर्णय मात्रै मैले तपाईहरुलाई जानकारी गराउन सक्दछु’ उनले भने ।
बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका नेताहरुले संसदको ठूलो शक्ति काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वाभाविक हुने तर्क गरे ।
प्रतिक्रिया 4