
पोखरा । इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन् । बीएस्सी (अर्नस) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासनका १८१ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
दीक्षित हुनेमा बीए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तह गर्ने १३ जना र बीएस्सी (अर्नस) कम्प्युटिङ तह पुरा गर्ने १६८ जना विद्यार्थी छन् । दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसीप डा. वेन्डी ब्लोइसीले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
दिक्षान्त समारोहमा बोल्दै आईएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले यस कलेजमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4