+
+

विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १३:०९

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ठमेलमा रहेको होटल मर्स्याङ्दीमा सम्पन्न कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरण लगायतका समसामयिक विषयमा प्रशिक्षण केन्द्रित रहेको बैंकले जनाएको छ ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारी लगायत गरी कुल ११० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?