
सेल्सबेरी डिपार्टमेन्ट स्टोरले वर्ल्डकपलाई लक्षित गरी ‘वर्ल्डकप मेनिया २०२२ क्याम्पेन’का विजयीलाई पुरस्कार प्रदान गरेको छ ।
सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरूमा ‘सेल्सबेरी प्रिडिक्ट एण्ड विन २०२२’ नामक क्याम्पेन चलाएको थियो ।
योजनाअन्तर्गत एक हजार रुपैयाँभन्दा बढीको सामान किनमेल गर्ने ग्राहकहरूले ‘प्रिडिक्ट एण्ड विन’मा रहेको प्रश्न ‘कसले जित्ला वर्ल्डकप २०२२’ को उत्तर लेख्नुपर्ने कम्पनीले बताएको थियो ।
कम्पनीका अनुसार उक्त प्रश्नको उत्तर दिनेमध्ये एक जनाले एमआई ६५ इन्च एलइडी टिभी जित्न सफल हुने जनाएको थियो ।
यसै क्रममा सेल्सबेरीले आफ्नो फेसबुक पेजमार्फत लक्की ड्र गरी विजेता सार्वजनिक गरेको छ । विजेता पेप्सीकोला स्टोरबाट विष्णु शर्मा बन्न सफल हुनु भएको छ । सेल्सबेरीले विजेता शर्मालाई एम एमआई ६५ को एलइडी हस्तान्तरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4