
काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौं तथा बीमाको समेत सुरक्षा पाऔं’ भन्ने नारासहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना आइतबारदेखि सञ्चालनमाा ल्याएको छ । हालको ९९९ डिम्याट योजनामा थप विशेषतासहित नयाँ योजना ल्याएको बैंकले जनाएको छ ।
ग्राहकलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन यो योजना ल्याएको प्रभु क्यापिटलले जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष १०० रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने रहेको छ । अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुप यो योजना ल्याएको प्रभु क्यापिटलले जनाएको छ । यो योजना नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।
१ जनवरी, २०२३ बाट सुरु भएको यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा पनि पाउने क्यापिटलले जनाएको छ ।
यो योजनाले सक्रिय रुपमा पूँजी बजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुरयाउने छ । यो डिम्याट खाता देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । यसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा इन एप भेरिफिकेसन छनोट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्नेछन् ।
प्रतिक्रिया 4