+
+

सामसुङको ग्यालेक्सी ए०४ई बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १९:२०

काठमाडौं । सामसुङले नेपाली बजारमा ए–सिरिजको नयाँ इन्ट्री–लेभल ग्यालेक्सी ए०४ई सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोन डुअल क्यामेरा र फस्ट चर्जिंग टाइप–सी पोर्टको फुल प्याकेज स्मार्ट फोन हो । यसमा ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल मेमोरीको भेरियन्ट रहेको छ । यसमा थप १ टीबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्ड जोड्न सकिन्छ । यो स्मार्टफोनको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ ।

ग्यालेक्सी ए०४ई मा ३ वटा क्यामेरा समावेश छन् । रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एमपी रहेको छ र यसको साथ–दिन २ एमपीको डेप्थ क्यामेरा छ । फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ । यी ३ क्यामेराहरुको कम्बोबाट धेरै यादगार पलहरुको सिर्जना गर्नुको साथै यी पलहरु ग्यालेक्सी ए०४ईमा रहेको उत्कृष्ट डिस्प्लेमा आजीवन सम्झनाहरूको आनन्द लिन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए०४ईको ६.५ इन्च स्क्रिन ७२० ह १६०० पिक्सल रेसोलुसनको साथ आउँछ । यो ठूलो स्क्रिन साइजले प्रयोगकर्ताहरुलाई आफ्नो स्क्रिनको कन्टेन्टसँग पूर्ण रूपमा डुब्न दिन्छ । यसको इन–सेल टच एल सीडी पीएलएस भएको डिस्प्लेले प्रयोगकर्तालाई इमेज र टेक्स्टमा स्पष्टता दिनुको साथै थप फिचरहरुका लागि थप स्पेस पनि दिन्छ ।

यस फोनमा टाइप–सी चार्जिङ पोर्ट छ, जसले अन्यचार्जिङ केबलहरू भन्दा बढी प्रभावकारी र छिटो चार्ज गर्ने विकल्प दिन्छ । यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टा सम्म बिनाकुनै समस्या मोबाइल चलाउन सकिन्छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए०४ई कालो, कपर लाइट–ब्लुको स्टाइलिश मिश्रण भएको रङहरुमा उपलब्ध छ।

स्मार्टफोन रोस्टरको यो नयाँ फोनले कम्पनीको हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई समर्थन दिएको कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?