
१३ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको पद खारेज हुने फैसला सर्वोच्चले गरेको छ।
सर्वोच्चको फैसलाबारे अध्ययन गरिरहेको रास्वपाका महामन्त्री मुकुल ढकाललले बताए । फैलास अध्ययन गरेपछि त्यसबारे पार्टीले आवश्यक निर्णय लिने उनको भनाइ छ।
‘फैसलाको अध्ययन गरिरहेका छौं,’ उनले अनलाइनखबरसित भने, ‘उहाँ पार्टी साभापति रहने वा नरहने के हो त्यो बारेमा हामी पनि अध्ययन गर्दै छौं। त्यस अनुसार पार्टी पुनःगठन गर्नुपर्ने हो वा होइन त्यो पनि बुझ्दै छौं ।’
ढकालले लामिछानेलाई पुनः पार्टी सभापति बनाउने कुरामा कुनै विवाद नरहेपनि प्रक्रिया बुझेर निर्णय लिने बताए। ‘उहाँ पार्टी सभापति फेरि पनि हुने कुरामा कुनै विवाद रहँदैन, तर, पुन सभापति बनाउन गर्नुपर्ने प्रक्रियाबारे अध्ययन नै गर्नुपर्छ,’ उनले भने ।
फैसलापछिको अवस्थारे भने अनौपचारिक छफलमा आफूहरु रहेको भन्दै छिट्टै औपचारिक बैठक बसेर निर्णय लिने ढकालको भनाइ छ ।
उनले सरकारका बारेमा भने सत्ता साझेदार दलसँग छलफल हुने बताए । ‘सरकार लगायतका बाँकी कुरामा सत्ता साझेदार दलसँग छलफल हुन्छ,’ ढकालले भने ।
प्रतिक्रिया 4