+

भारतीय खेलाडी दयानन्द मछिन्द्रमा अनुबन्धित

२०७९ फागुन  २ गते १८:२६ २०७९ फागुन २ गते १८:२६
भारतीय खेलाडी दयानन्द मछिन्द्रमा अनुबन्धित

२ फागुन,  काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबले भारतीय खेलाडी दयानन्द सिंह एलानबाङलाई अनुबन्ध गरेको छ ।

लगातार दुई पटक लिग जितेको मछिन्द्रले नयाँ सिजनको लिगका लागि भारतीय खेलाडी दयानन्दलाई भित्र्याएको हो ।

यसअघि मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेलेका दयानन्दलाई मछिन्द्रले साउथ एसियन कोटामा अनुबन्ध गरेको हो ।

नयाँ सिजनका लागि विदेशी खेलाडीको कोटा बढाएर ५ पुर्‍याइएको छ । जसमा एक जना एसियन र एक जना साउथ एसियन खेलाडी अनिवार्य हुनुपर्नेछ ।

मछिन्द्रले यसअघि पुजन उपरकोटी, प्रशान्त अवस्थी, निसेन सुब्बा, सौरभ लिम्बु, विजयी भुजेल, दिवाकर चौधरी र दिपेश घलेलाई भित्र्याएको थियो ।

मछिन्द्रले यसअघि लिग जित्दाका कप्तान सुजल श्रेष्ठसहित फरवार्ड विमल घर्ती मगर, गोलकिपर विशाल श्रेष्ठ, डिफेण्डर देवेन्द्र तामाङ र छिरिङ गुरुङसँग सम्झौता नवीकरण गरिसकेको छ ।

अभिषेक गुरुङ र उत्सव राईसँग पनि मछिन्द्रले सम्झौता नवीकरण गरेको छ ।

तर मिडफिल्डर विशाल राई र फरवार्ड अभिषेक रिजाल भने अष्ट्रेलिया पुगिसकेका छन् ।

गत सिजन टिममा रहेका मनिष डाँगी र सुनिल बल यस सिजन संकटा क्लबमा अनुबन्ध भइसकेका छन् ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । मछिन्द्रले जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

दयानन्द सिंह मच्छिन्द्र क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय