+

यू-१९ क्रिकेट सिंगापुर विरुद्ध विशाल विक्रम केसीको पनि अर्धशतक

२०७९ फागुन  १२ गते १४:१६ २०७९ फागुन १२ गते १४:१६
यू-१९ क्रिकेट सिंगापुर विरुद्ध विशाल विक्रम केसीको पनि अर्धशतक

१२ फागुन, काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट विशाल विक्रम केसीले पनि अर्धशतक बनाएका छन् ।

युएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा विशालले सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।

घरेलु क्रिकेटमा लुम्बिनी यू–१९ क्रिकेट टिमको कप्तानी समेत गरी सकेका विशालले पाँचौं क्रमका ब्याटरका रुपमा मैदान छिरेर ४५ बलमा ३ चौका र २ छक्का सहि अर्धशतक बनाएका हुन् ।

नेपाल अहिले ४८ ओभरको खेल सकिँदा ७ विकेट गुमाइ २४३ रन बनाएको छ ।

यसअघि आकाश त्रिपाठीले पनि डेब्युमै अर्धशतक पूरा गरेका थिए । नेपाली यू-१९ टिमबाट ७ जनाले डेब्यु गरेका छन् ।

यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय