+

महिला क्रिकेटमा कोशीको चौथो जित, गण्डकीको चौथो हार

२०८० पुष  ११ गते १२:२८ २०८० पुष ११ गते १२:२८
महिला क्रिकेटमा कोशीको चौथो जित, गण्डकीको चौथो हार

१० पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले चौथो जित हात पारेको छ ।

त्यसक्रममा उसले आज बुधबार गण्डकी प्रदेशमाथि ५५ रनको जित निकालेको हो । यो गण्डकीको चौथो हार हो ।

कोशीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रन बनाउँदै अलआउट भएको हो ।

गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक २१ रनमा अविजित रहिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिर्जना पौडेल, रचना चौधरी, श्रेया शर्मा र आकृति तिवारीले खाता समेत खोल्न सकेनन् ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले एकै ओभरमा ३ विकेट लिइन्, १५औं ओभरमा बलिङ गरेकी उनले १ रन पनि दिइनन् । संगिता राई र अलिशा खडियाले समान २/२ विकेट लिए । अप्सरी बेगमले १ विकेट लिइन् ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनाएको हो ।

कोशीका लागि विमला मलाहाले सर्वाधिक २५ रन बनाइन् । उनले ३७ बल खेल्दै २ चौका प्रहार गरेकी हुन् । लकिता राजवंशीले २२ रन बनाइन् । संगिता राई २३ रनमा अविजित रहिन् भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकीका लागि कुसुम गोदार र सृष्टि जैशीले समान २/२ विकेट लिए । आकृति तिवारी, रचना चौधरी र सुमन खतिवडाले १/१ विकेट लिए ।

कोशीले यसअघि कर्णाली प्रदेशलाई १० विकेट, बागमतीमथि ८ विकेट र मधेशमाथि ६० रनले विजयी भएको थियो । त्यस्तै चौथो खेलमा भने कोशी एपीएफसँग ८ विकेटले पराजित भएको थियो ।

गण्डकीले भने हालसम्म कर्णाली प्रदेशलाई मात्रै हराएको छ । गण्डकीले कर्णालीमाथि ४४ रनले पराजित गरेको थियो । पहिलो खेलमा लुम्बिनीसँग ४ विकेट, बागमतीसँग ४ विकेट र मधेशसँग २७ रनले पराजित भएको थियो ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय