+

महिला क्रिकेटमा एपीएफको छैटौं जित

२०८० पुष  १२ गते १६:२२ २०८० पुष १२ गते १६:२२
महिला क्रिकेटमा एपीएफको छैटौं जित

१२ पुस, काठमाडौं । प्रधानामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले लगातार छैटौं खेल जितेको छ ।

त्यसक्रमम उसले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गरेको छ । ६ खेलमा ६ जितसहित शीर्ष स्थानमा रहेको एपीएफले क्वालिफायर खेल्ने छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

उसका लागि ममता चौधरीले सर्वाधिक ४० रनमा अविजित रहिन् । उनले ३३ बलमा ६ चौका प्रहार गरिन् । रोमा थापा ३१ रनमा अविजित रहिन् । सीता राना मगर १९ र इन्दु बर्मा १० रनमा आउट भए ।

गण्डकीको लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक २ विकेट लिइन् । कुसुम गोदारले १ विकेट लिइन् ।

जितका लागि १२८ को लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रनमात्र बनाउन सक्यो ।

गण्डकीको लागि सृष्टि जैशी र सुमन खतिवडाले समान १७÷१७ रन बनाए । ज्योत्सनिका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बनाए ।

एपीएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् । सोनु खड्काले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।

यो हारसँगै गण्डकीको शीर्ष ४ मा रहेर प्लेअफ खेल्ने संभावना सकिएको छ । एपीएफसँगै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले प्लेअफमा स्थान पक्का गरेका छन् ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय