+

बागमती प्रदेश छनोट क्रिकेटको उपाधि ललितपुरलाई

२०८० पुष  २४ गते २१:२२ २०८० पुष २४ गते २१:२२
बागमती प्रदेश छनोट क्रिकेटको उपाधि ललितपुरलाई

२४ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट बागमती प्रदेश छनोटको उपाधि ललितपुर जिल्लाले जितेको छ ।

मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा चितवन जिल्लालाई ५ विकेटले हराएर ललितपुर च्याम्पियन बनेको हो ।

चितवनले दिएको १५३ रनको लक्ष्य ललितपुरले ३५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

ललितपुरका लागि आशुतोष घिरैयाले १०२ बल खेल्दै १२ चौका मदतमा मदतमा अविजित ८३ रन बनाए । यस्तै आदिल खानले १८ तथा विवेक राना मगरले १७ रन जोडे ।

चितवनका डानिस इकबालले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ४५.२ ओभरमा सबै विकेट थुमाएर १ सय ५२ रनमा अलआउट भएको थियो ।

चितवनको लागि ओपनर रोशन झाले ५३ बलमा सर्वाधिक ४९ रन बनाए । विकल कुमार गुप्ता २२ र डानिल इकवालले २१ रन जोडे ।

ललितपुरका विपिन आचार्य र भगर्व खनालले समान ३ विकेट लिए । त्यस्तै पञ्कज पाण्डे, आयुश जैसवाल र आदिल खानले समान १-१ विकेट लिए ।

यसअघि सेमिफाइनलमा चितवनले काठमाडौंलाई तथा ललितपुरले नुवाकोटलाई हराएको थियो ।

प्रतियोगितामा ललितपुरलाई च्याम्पियन बनाउन सहयोग गरेका आशुतोष घिरैया उत्कृष्ट खेलाडी घोषित भए । यस्तै काठमाडौंका इशान पाण्डे उत्कृष्ट ब्याटर र चितवनका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता पुस २८ गते शनिबारदेखि सुरु हुँदैछ ।

 

 

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय