+

तथ्यांकमा नेपालविरुद्ध इराक

२०८० फागुन  १० गते १२:२६ २०८० फागुन १० गते १२:२६
तथ्यांकमा नेपालविरुद्ध इराक

१० फागुन, काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज बिहीबार इराकसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ । किनकि यो खेल जित नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । उता इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० ले पराजित भएको थियो ।

यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् –

१. नेपाली महिला राष्ट्रिय टिमले इराकको सामना गर्दा यो ८६औं अन्तर्राष्ट्रिय खेल हुनेछ ।

२. नेपाल र इराक पहिलोपटक भिड्दै छन् । त्यसैले इराक नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हो ।

३. नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिरियालाई ४-१ ले हराएको थियो । यसक्रममा नेपालले दश खेलको जितविहीन यात्रालाई टुंग्याएको थियो । अब नेपालसामु लगातार दोस्रो खेल जित्ने अवसर हुनेछ ।

४. नेपालले पछिल्लो पटक सन् २०२२ को वुमेन्स साफ च्याम्पियनसिपका बेला लगातार दुई अथवा त्यो भन्दा बढी खेल जितेको थियो ।

५. नेपालका लागि इराकविरुद्ध एञ्जिला सुब्बाले १२ औं पटक कप्तानी गर्नेछिन् र यसक्रममा रेणुका नगरकोटीको बराबरी गर्नेछिन् । यस भन्दा बढी नेपालका लागि निरु थापाले २२ र जमुना गुरुङले १७ पल्ट कप्तानी गर्ने अवसर पाएका छन् ।

वाफ वुमन्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय