+
+

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते ७:०३

१० फागुन, काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ ।

इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ ।

समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७.४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । उता इराक भने फ्नो पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० ले पराजित रहेको थियो ।

आजै समूह बी को अर्को खेलमा सिरिया प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र प्यालेस्टाइन दुवै आज विजयी भए एक खेल बाँकी छँदै सेमिफाइनल पुग्नेछन् । नेपालले समूहको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

समूह ए बाट साविक विजेता जोर्डन र लेवनान लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । बुधबार भएको खेलमा जोर्डनले ग्वामलाई ३-० र लेवनानले साउदी अरेबियालाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अब शुक्रबार लेवनान र जोर्डनबीच हुने खेलले समूह ए को शीर्ष स्थानमा रहने टिमको टुङ्गो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?