 
																			२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०१८ मा हस्ताक्षर भएर सुरु भएको परियोजना २०२४ सम्मपनि नसकिँदा राजधानीवासीले हिउँदमा धुलो र बर्षामा हिलोबाट आक्रान्त हुनुपरेको बताए ।
‘चक्रपथ विस्तार परियोजनाले गति लिनु त कता हो कता सुनिँदैछ निर्माण पक्षको जिम्मा लिएको सांघाई कन्स्ट्रक्सनले अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन डिपिआर नै बनाउन सुरु गरेको छैन’ उनले भने ।
सांसद पराजुलीले थपे, ‘संघीय नेपालको राजधानीभित्रको भएको एउटै मात्र चक्रपथ विस्तार परियोजनाको दुर्दशा यस्तो छ भने राजधानी बाहिरका परियोजना समयमा सम्पन्न हुन्छन् भनेर जनतालाई कसरी आश्वस्त पार्ने ?’
यसलाई ‘निरीह र लाचारीपन’को संज्ञा दिँदै उनले प्रश्न गरे, ‘अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन नै नबनेको प्रोजेक्टमा सर्भिस ट्रयाक चै कुन आधारमा बनाइँदैछ र साँच्चै यो चक्रपथ निर्माण कहिले सम्म सम्पन्न हुँदैछ ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4