+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानमन्त्रीलाई सांसद्को प्रश्न : ९० रुपैयाँको चिनी प्रतिकेजी १२० किन पुग्यो?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १४:२३

१३ भदौ, काठमाडौं। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चिनीको मूल्यवृद्धिमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद पराजुलीले ९० रुपैयाँ प्रतिकेजीमा केही अघिसम्म पाउने चिनीको मूल्य १२० रुपैयाँ पुगेको बताए । प्रधानमन्त्रीलाई उनले संसद्‌बाट प्रश्न गरे,‘भ्रष्टाचार गर्न दिन्न भन्ने प्रधानमन्त्रीज्यूलाई मेरो अर्को प्रश्न केही समय अगाडिसम्म रु ९० मा पाइने चिनीको मूल्य अहिले रु १२० सम्म पुर्‍याएको रहेछ ।’

उत्पादन लागत बढेको वा आयात गर्दा मूल्य बढेको? भनी उनले सरकारको जवाफ मागे । समयमै अत्यावश्यक वस्तुको आपूर्ति गर्न बजार हस्तक्षेप र नियमन गर्नुपर्ने सरकारनै कमिसन तन्त्रमा लिप्त भएको आशंका रहेको बताए ।

चाडबाड नजिकिएको बेला बजार आकाशिन लागेको उनले बताए । पराजुलीले भने, ‘बेरोजगारी र अभावले थिलथिलो भएका जनताले कालोबजारीलाई प्रशय दिने र कमिसनतन्त्रको बार्गेनिङ गर्ने, सरकारको खबरदारी नगरेर के दीपावली गर्नुपर्ने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?