+
+
Shares

संविधान संशोधनबारे रास्वपा सांसद पराजुलीले के भने ?

उनले भनेका छन्, ‘हाम्रा लागि संविधान संशोधनभन्दा महत्त्वपूर्ण कुरा सुशासन कायम गर्नु हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १५:३४
फाइल तस्वीर

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद गणेश पराजुलीले आफूहरूका लागि संविधान संशोधनभन्दा सुशासन महत्त्वपूर्ण भएको बताएका छन् ।

काठमाडौं–७ बाट निर्वाचित भएलगत्तै पराजुलीले भने, ‘प्रतिनिधि सभामा दुई तिहाईको नजिक पुग्नु अघि नै हामीले संविधान संशोधनका लागि कार्यदल बनाउने वाचा गरिसकेका थियौं । तर संविधान संशोधन भनेको साधारण कुरा होइन ।’

वृहत सहमति मार्फत संविधान संशोधन हुन सक्ने भएपनि आफ्नो पार्टीका लागि त्यो भन्दा सुशासन महत्त्वपूर्ण भएको पराजुलीको भनाइ छ ।

उनले भनेका छन्, ‘हाम्रा लागि संविधान संशोधनभन्दा महत्त्वपूर्ण कुरा सुशासन कायम गर्नु हो ।’

रास्वपाले कहिल्यै प्रदेश संरचना खारेज गर्न नभनेको उनको भनाइ छ । यद्यपि रास्वपा प्रदेश संरचनाको स्वरूपलाई सुधार गर्ने पक्षमा रहेको पराजुलीले बताए ।

काठमाडौं-७ बाट २७ हजार ८०५ मत ल्याएर पराजुली निर्वाचित भएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?