News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद्मा उठेका प्रश्नहरू सरकारले समयमै सम्बोधन गर्नुपर्ने बताए।
- उनले संसद्मा प्रिबजेट छलफल समयमै गर्न पाउनुपर्ने माग गरे।
- पराजुलीले कानुन बनाउँदा छेडखानी नहुने र व्यवस्थापिकाको गरिमा जोगाउन सभामुख अर्याललाई शुभकामना दिए।
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले संसद्मा उठेका प्रश्नहरूले सरकारले समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
‘सार्वभौम सांसद ज्यूहरूले जनताको तर्फबाट आकस्मिक समयमा, विशेष समयमा, शून्य समयमा उठाएका सबै समस्याहरू र जनताको आकांक्षाको यथोचित सम्बोधन राज्यका सम्बन्धित निकाय र मन्त्रालयले समयमै गरेको सुन्न पाइयोस्’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।
समयमै प्रिबजेट छलफल गर्न पाउनुपर्ने माग उनले गरे । सांसदले कानुन बनाउँदा कतैबाट छेडखानी गर्न नहुने र छेडखानी गर्ने हिम्मत कसैले गर्ने अवस्था बन्न नहुने उनको आग्रह छ ।
सांसदले मन्त्रीको ढोकामा चाहरेर आफ्ना मुद्दा सम्बोधन भयो वा भएन भनेर सोध्न नपरोस् भन्ने पनि उनको आग्रह छ ।
साथै, व्यवस्थापिकाको गरिमा जोगाउन नसक्दा विगतमा प्रश्न उठेका ख्याल गरेर अगाडि बढ्न समेत उनले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई शुभकामना दिए ।
प्रतिक्रिया 4