+

नेपाली बास्केटबल टोलीलाई चीनमा स्वर्ण

२०८१ वैशाख  १७ गते १८:०३ २०८१ वैशाख १७ गते १८:०३
नेपाली बास्केटबल टोलीलाई चीनमा स्वर्ण

१७ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय थ्री एक्स थ्री बास्केटबल टोलीले चीनको युनानमा भएको युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्ट्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।

सोमबार भएको प्रतियोगिताको फाइनलमा नेपालले गत वर्षको विजेता युनानको प्रोभिन्स टिमलाई हराउदै उपाधि जितेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए । फाइनलमा नेपाल २०-१९ ले विजयी भएको थियो ।

विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीमा निकेश मगर, मनिस केसी र निश्चल महर्जन थिए भने प्रशिक्षकमा सुशिल गुरुङ छन् ।

थ्री एक्स थ्री बास्केटबलमा नेपालसहित ७ राष्ट्रका ७ टोली र चीनको विभिन्न प्रान्त र युनिभर्सिटी गरी कूल ३९ टोलीको सहभागिता रहेको गुरुङले बताए ।

नेपाल बास्केटबल संघका अध्यक्ष गुरुङले नेपाली बास्केटबलमा अन्तर्राष्ट्रिय स्तरमा यो पहिलो स्वर्ण पदक जितेको भन्दै ऐतिहासिक भएको बताए ।

नेपालले समूह चरणमा प्रान्तको तीन टिमलाई हराएको थियो । यस्तै क्वाटरफाइनलमा भियतनाम र सेमिफाइनलमा थाइल्याण्डको टिमलाई हराएको गुरुङले बताए ।

प्रतियोगितामा चीनको प्रान्त र युभिनर्सिटी गरी ३२ टोली सहभागी थिए भने नेपाल, थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडिया, म्यानमार र माल्दिभ्सको राष्ट्रिय टोली सहभागी थिए ।

स्पोर्ट्स डिप्लोमेसी अन्तर्गत नेपाली टिम सहभागी भएको गुरुङले जानकारी दिए । जि टु जि अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले बास्केटबल टोलीलाई उक्त प्रतियोगितामा सहभागिताका लागि सहयोग गरेको हो ।

थ्री एक्स थ्री बास्केटबल बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय