+

महिला हक्कीको उपाधि आर्मीलाई

२०८१ वैशाख  १८ गते २०:०३ २०८१ वैशाख १८ गते २०:०३
महिला हक्कीको उपाधि आर्मीलाई

१८ वैशाख, धुलिखेल । विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन् । सीमा खड्का र कमला चन्दले एक एक गोल गरिन् ।
उता गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन् ।

आर्मीका लागि खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । उता गण्डकीका लागि खेलको १६ औं मिनेटमा सीताले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन् । खेलको १८औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २-१ गोलको अग्रता दिलाइन् ।

खेलको २४औं मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३-१ गोलको अग्रता दिलाइन् । खेलको ५७औं मिनेटमा सीमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन् ।

फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द चुनिइन् । उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजार रुपैयाँ पाएको छ ।

मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १-० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो ।

सुदूरपश्चिम प्रदेशका लागि खेलको २७ औं मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन् ।

त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती सर्वाधिक गोलकर्ता बनिन् ।

प्रतियोगिताका इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकी नमिता एसके चुनिइन् । उत्कृष्ट गोलकिपरमा गण्डकीकी गोमा परियार, उत्कृष्ट डिफेन्डरमा आर्मीकी सरिता मेचे र आर्मीकै निलिमा पाण्डे सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।

खेलकुद त्रिभुवन आर्मी क्लब हक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय