+

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

२०८१ वैशाख  २१ गते २१:३४ २०८१ वैशाख २१ गते २१:३४
विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

२१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टि २० विश्वकप खेल्ने टोलीको बिदाइ गरेको छ ।

विश्वकप २ जुनदेखि २९ सम्म हुनेछ ।

नेपाली टोली भोलि राति वेस्टइन्डिज जानेछ । बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, गृहमन्त्री रवि लामिछाने लगायतको सहभागिता थियो ।

कप्तान रोहित पौडेलले १० वर्षपछि विश्वकप खेल्न लागेकोमा खुसी व्यक्त गर्दै उत्कृष्ट तयारी गरेको बताए ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले नेपालका लागि योगदान दिन पाउँदा खुसी लागेको बताए ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

टी–२० विश्वकपमा नेपालको समूह डी मा खेल तालिका

४ जुन : नेपालविरुद्ध नेदरल्यान्ड्स
१२ जुन : नेपालविरुद्ध श्रीलंका
१५ जुन : नेपालविरुद्ध दक्षिण अफ्रिका
१७ जुन : नेपालविरुद्ध बंगलादेश

नेपाली क्रिकेट टोली विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय