+

चन्द्रागिरि बन्यो च्याम्पियन

२०८१ वैशाख  २४ गते १९:०५ २०८१ वैशाख २४ गते १९:०५
चन्द्रागिरि बन्यो च्याम्पियन

२४ वैशाख, काठमाडौं । आयोजक चन्द्रागिरि तेक्वान्दो डोजाङले प्रथम चन्द्रागिरि राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।

१६ स्वर्ण, १२ रजत र ११ कास्यका साथ चन्द्रागिरि समग्रमा टिम च्याम्पियन बनेको हो ।

दोस्रो भएको कोटेश्वर तेक्वान्दो डोजाङले ९ स्वर्ण, २ रजत र १३ कास्य जित्यो । तेस्रो स्थानको नेसनल तेक्वान्दो एकेडेमी (एनटीए) ले ४ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गरेको छ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको प्रतियोगिताको पुरुषमा आयोजकका राम शाही तथा महिलामा एनटीएकी रोशनी तितुङ उत्कृष्ट खेलाडी घोषित भए ।

अर्योन योगी उत्कृष्ट निर्णायक तथा आयोजकका विवेक महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट चारै जनाले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । रिब्सले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा २७ जिल्लाका ५ सयभन्दा बढी खेलाडीले ३९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक एवं आयोजक डोजाङका प्रमुख सुवास तामाङले जनाएका छन् ।

तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय