+
+

नियतवश कर्जा नतिर्नेलाई कडाइ गर्न क्रेडिट स्कोरिङ विकास गर्दैछाैं : गभर्नर अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १२:५८

९ असार, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नियतवश कर्जा नतिर्नेलाई कडाइ गर्न क्रेडिट स्कोरिङ विकास गर्न लागिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको एक कार्यक्रममा गभर्नर अधिकारीले कतिपय व्यक्तिमा बैंकको कर्जा नतिरे पनि हुन्छ भन्ने गलत भाष्य विकास गरिएको बताए । केहीले नियतवश नै कर्जा नतिरेको गभर्नर अधिकारीको भनाइ छ ।

नियतवश कर्जा नतिर्नेलाई कडाइ गर्नकै लागि  राष्ट्र बैंकले ‘क्रेडिट स्कोरिङ’ विकास गरिरहेको उनले बताए । त्यस्तै आर्थिक शिथिलताका कारण बैंकहरुलाई अहिले साँवा तथा ब्याज अशुल (रिकभरी)मा चुनौती देखिएको औंंल्याए । हाल व्यवसायमा मनोबल कमजोर, समग्र मागमा आएकाले रिकभरी चुनौतिपूर्ण देखिएको उनको भनाइ छ ।

एउटाभन्दा बढी लघुवित्तबाट ऋण लिएकालाई कडा निगरानी र कारबाही गरिरहेको अधिकारीले बताए । ‘एउटै व्यक्तिले २३ वटा संस्थाबाट पनि कर्जा लिएको देखियो, यसरी ऋण दिनेलाई मात्रै होइन लिनेलाई पनि बैंकिङ कसुरमा कारबाही गर्ने गरेका छौं ।’

लघुवित्तको डुब्लिकेसन हटाउँदा ऋणीको संख्या २२/२३ लाखमा आउने आँकलन रहेको उनले बताए । आर्थिक शिथिलताकै कारण सहकारीमा समस्या आएको उनले बताए ।

‘सहकारीमा सर्वसाधारणको विश्वास भयो, तर नियमन नहुने, केही सहकारी बैंकजसरी अगाडि बढे’ अधिकारीले भने ‘समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि विशेष टिम बनाउनुपर्छ ।’ समस्या भएका वित्तीय संस्थाको सम्पत्ति व्यवस्थापन गर्न एसेट्स म्यानेजमेन्ट कम्पनी (एमसीए) एउटा विकल्प हुन सक्ने गभर्नर अधिकारीले बताए । ‘संकटपूर्ण अवस्थामा स्पेसल पर्पोज भेइकलको रूपमा यो आउँछ, तर सँधैभरी रहनका लागि होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?