+
+

किङ्गफिसर पहिलो, दोश्रो र तेश्रो तालहरुको पुन:निर्माण गरी हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १९:२२

२९ भदौ, काठमाडौं । नेपाली सेनाले भरतपुर महानगरपालिका ६ स्थित किङ्गफिसर पहिलो, दोश्रो र तेश्रो तालहरुको संरक्षण, सम्बर्द्धन र पुन:निर्माण गरी हस्तान्तरण गरेको छ ।

सेनाले भदौ २८गते नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा राष्ट्रपति चुरे तराई-मधेश विकास संरक्षण समितिका अध्यक्ष, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयका निर्देशक, राष्ट्रपति चुरे तराई-मधेश विकास संरक्षण समितिका सदस्य सचिव, चितवन राष्ट्रिय निकुञ्जका चिफ-वार्डेन, श्री काली प्रसाद गण (ई) का गणपति, श्री नं.२ वन तथा पर्यावरण सुरक्षा गणका गणपति, नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष, दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र अन्य विभिन्न सामुदायिक वनका पदाधिकारीहरु तथा स्थानिय बासिन्दाहरुको उपस्थिति थियो ।

तालतलैया संरक्षण, सम्बर्द्धन र पुन:निर्माण कार्य अन्तर्गत किङ्गफिसर ताल आ.ब.०७७/७८ भित्र परेको एक मात्र परियोजना हो ।

नेपालका ५,३५८ तालहरु मध्ये एक किङ्गफिसर ताल पूर्व पश्चिम राजमार्गमा हाकिमचोक देखि ७ कि.मि. दक्षिणमा रहेको मानव निर्मित पर्यटकीय हिसावले महत्व बोकेको तालको रुपमा मानिन्छ ।

निर्माणको क्रममा तालमा पानीको स्थायीत्वको लागि तालको बिच-बिचमा ड्याम बांधिएको थियो भने सोही ड्यामले छुटाए अनुसार किङ्गफिसर पहिलो, दोश्रो र तेश्रो भनि तालको नामाकरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?