+
+

ओलीको प्रश्न : यो सरकार हो कि बुख्याँचा ?

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ ३० गते १७:३०

३० भदौ, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् । नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यो सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे ।

‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन,’ ओलीले भने । ओलीले यो सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाए । आफू नेतृत्वको तत्कालीन सरकारले गरेको कामबाट वर्तमान सरकार आत्तिएको उनको भनाइ छ ।

‘यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेज गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ,’ ओलीले भने, ‘हामीले शिलान्यास गरेका सडक, स्वास्थ्यजस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ ।’

आफ्नो सरकार विकासका लागि सयौं सडक, अस्पतालजस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियावादीहरुले सरकार ढालेको ओलीले आरोप लगाए ।

‘हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो,’ ओलीले भने, ‘हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो । तर अहिले हेर्नुस् त दुई महिना भयो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।’

गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले देउवा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गरे ।

माधव नेपाललाई भने ‘अपराधी’

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जनविरोधी अपराधी भएको गम्भीर आरोप लगाएका छन् । ‘माधव नेपाललाई कामरेड भन्न मिल्दैन, उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे,’ ओलीले भने, ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड । उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’

माधव नेपाल सधैं पार्टी नेतृत्वको सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाए ।  ‘गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गीतमा जस्तै माधव नेपाललाई पोल्नेछ,’ उनले भने ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?