
१८ असोज, वीरगञ्ज । बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो ।
सोमबार बिहान पौने ११ बजे घरमै पानीसहितको बाल्टिनमा डुबेकी बालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । प्रहरीका अनुसार बालिकाकी आमाले डुबेको देखेपछि निकालेर तत्कालै अस्पतालतर्फ लगेकी थिइन् ।
कलैया अस्पतालमा पोष्टमार्टमपछि बालिकाको शव आफन्तलाई जिम्मा लगाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4