+
+

खेलाडी संघले बुझायो खेलकुदमन्त्रीलाई ८ बुँदे ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १७:५७

९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले मंगलबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाएको हो ।

८ बुँदे ज्ञापनपत्रमा संघले नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नुपर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण शुरु गर्नुपर्ने, खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, बिमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने लगायतका माग रहेको छ ।

संघले १३ औं सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाएपनि रजत र कांस्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?