
२२ कात्तिक, काठमाडौं । तिहार पछिको पहिलो कारोबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक १९ दशमलव २० अंकले घटेर २ हजार ८ सय २९ दशमलव ६४ मा झरेको छ । कारोबार रकम भने ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँमा रोकियो ।
घट्दो बजारमा पनि ४२ कम्पनीको सेयर मूल्य बढेको थियो भने १४२ कम्पनीको सेयर मूल्य घट्न पुग्यो । ३ कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूह राताम्मे हुँदा आइसीएफसी फाइनान्स र साहस ऊर्जाको शेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
यस्तै तेह्रथुम पावर, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयर ९ प्रतिशत बढीले बढ्यो । सोमबारको बजारमा धेरै गुमाउने कम्पनीहरुमा सपोर्ट माइक्रोफाइानान्स, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी लगायत छन् ।
आज महालक्ष्मी विकास बैंक, नबिल बैंक र आइसीएफसी फाइनान्सको सेयरमा खरिद चाप देखिएको थियो । महालक्ष्मी विकास बैंकको ५२ करोड रुपैयाँको सेयर खरिद बिक्री हुँँदा नबिल बैंकको ३० करोड र आइसीएफसी फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया 4