
२३ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सोमबार अपरान्ह ४ बजे बसेको बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.६३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ । अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ ।
साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4