
काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले बबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरणका लागि सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको उक्त लोडर नेपाली भूभागका लागि उपयुक्त हुने विश्वास कम्पनीको छ । नेपाली बजारमा उक्त लोडर सार्वजनिक भएसँगै बिक्री वितरणका लागि बुकिङ पनि खुला गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा सार्वजनिक गरिएको उक्त मेसिन एसियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरि नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको कम्पनीको भनाइ छ ।
के छन् विशेषता ?
बबक्याट बी ७६० लाई नेपालका तराई, पहाड र हिमाल तिनै भूभागमा पूर्वपरीक्षण गरी सार्वजनिक गरिएको कम्पनीको दावी छ । उक्त मेसिनमा रहेको हिटिंग प्रविधि परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ(४००० उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको कम्पनीको भनाइ छ । अमेरिकी प्रविधिबाट निर्मित बी ७६० मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ। जसका कारण ९४ हर्स पावरको शक्ति प्रदान गर्छ । उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिङ शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ। यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक गहिराइसम्म खन्न सहज हुने कम्पनीले जनाएको छ।
७४ वर्षको सफल इतिहास बोकेको बबक्याटले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्स मार्फत् सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ। हाल सञ्चालनमा रहेका हेभी कम्प्याक्ट इक्यूप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा विश्वभर बबक्याट नं. १ मा रहेको कम्पनीले दाबी गरेको छ । हाल नेपालका काठमाडौं,नारायणगढ, बुटवल, धनगढी, नेपालगञ्ज, पोखरा, वीरगञ्ज र इटहरी लगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट बबक्याट बी ७६० को बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4