+
+

‘हनी बनी’मा अनमोलको जोडी सारा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १५:२०

९ फागुन, काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बन्न्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री सारा सिर्पाली अनुबन्धित भएकी छन् । सारालाई चलचित्रमा अनुबन्ध गरेको निर्देशक भट्टराईले पुष्टि गरे ।

चलचित्रको कथाअनुसार उनी पूर्ण रुपमा फिट हुने भएपछि उनलाई चलचित्रमा भित्र्याइएको उनले बताए । सारालाई अभिनेत्री दीपिका प्रसाईंले नै कामका लागि अफर गरेकी थिइन् । दिवाकरले साराको भूमिकाको विषयमा भने, ‘मलाई यो चलचित्रमा अभिनय गर्ने नायिका चाहिएको हो । विदेशमा बस्ने नेपाली युवतीको भूमिकामा सारा देखिंदैछिन् ।’

यो चलचित्रमा अभिनेताको रुपमा अनमोल केसी अनुबन्धित भइसकेका छन् । अनमोल र साराले पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन् । चलचित्र ‘हनी बनी’लाई प्रेमकथामा निर्माण गरिने निर्माणपक्षले बताएको छ ।

चलचित्र ‘हनी बनी’को छायांकन मार्चबाट सुरु हुनेछ । चलचित्रलाई युरोपका विभिन्न देशमा छायांकन गरिने निर्देशक भट्टराईले बताए । यो चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । ‘हनी बनी’लाई असोज १४ गते  रिलिज गर्ने निर्माणपक्षको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?