+
+

मधेश प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १४:२९

१० फागुन, जनकपुरधाम । मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशन १५ फागुनमा हुँदैछ । त्यस्तै प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक स्थगित गरिएको उनले बताए ।

मंलबार दिउँसो २ बजे बोलाइएको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?