११ भदौ, काठमाडौं । गोरखाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा कलिला विद्यार्थीहरुलाई सडकमा उतारिएको छ । गोरखाल्याण्डको माग गर्दै सयौं विद्यार्थीले मंगलबार र्याली निकालेका हुन् ।
गोरखा जनमुक्ति मोर्चासहितका ७ राजनीतिक दलको आन्दोलनका कारण दार्जीलिङमा विद्यालयहरु लामो समयदेखि बन्द छन् ।
‘दार्जीलिङका विद्यार्थीहरु गोरखाल्याण्डका लागि आफ्नो पढाइ बलिदान दिन तयार छन्’ गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले भन्नुभएको छ-‘बास्तविकता के हो भने विद्यार्थीहरुका लागि अहिले गोरखाल्याण्डको एजेण्डा सबैभन्दा महत्वपूर्ण छ ।’
विद्यार्थीहरु आफ्नो इच्छाले सडक आएको दावी गर्दै गुरुङले राजनीतिक दलहरुले आन्दोलनमा आउन दबाव नदिएको दाबीसमेत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4