
१४ चैत, सुनसरी । प्रेस युनियन सुनसरीले प्रदेश १ का २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ ।
बीमामा लाग्ने कुल रकममध्ये आधा प्रेस युनियन र आधा अजोड इन्स्योरेन्सले व्यहोर्ने युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
युनियन र इन्स्योरेन्सबीच सोमबार बीमासम्बन्धी सम्झौता भएको छ । बीमा गरिएका पत्रकारको सवारी दुर्घटनामा मृत्यु भएमा परिवारलाई सात लाख रुपैयाँ प्रदान गरिने र घाइते भएमा अधिकतम एक लाख रुपैयाँसम्म पाउनेगरी सम्झौता भएको अधिकारीले बताए ।
पत्रकारको दुर्घटना बीमाका लागि युनियनले मिडिया हाउससँग नामावली मागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4