+
+

बाधा अड्काउ फुकाउ प्रक्रिया थाल्ने राजनीतिक समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते १३:३८

१४ भदौ, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले उपेन्द्र यादव नेतृत्वको मोर्चासँग भएको ६ बुँदे सहमति अनुसार बाधा अड्काउ फुकाउन सिफारिस गर्ने भएको छ ।

अन्य दलहरुसँगको वार्ता प्रक्रिया जारी रहेकै बेला प्रमुख दलहरु सम्मिलित राजनीतिक समितिको शुक्रबार साँझ बसेको बैठकले ६ बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन सरकार र राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो । ‘६ बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन भोलि शनिबार सरकार र राष्ट्रपतिलाई सिफारिस गछौं’ बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले अनलाइनखबरसँग भन्नुभयो ।

धेरै ढिका मंसिर ४ को चुनाव प्रभावित हुने भन्दै नेताहरुले सहमति कार्यान्वयनको प्रक्रिया थाल्न लागेको बताए । उपेन्द्र मोर्चासँथ भएको सहमति कार्यान्वयन गर्न बाधा अड्काउ फुकाउ आदेशमर्फत संविधान संशोधन गर्नुपर्छ ।

चैत १ गते जारी भएको २५ बुँदे बाधा अड्काउ फुकाउ ओदशमा संविधानसभा सदस्य संख्या ४ सय ९१ हुने उल्लेख छ । तर, उपेन्द्र मोर्चासँग समानुपातिकको अनुपात बढाएर कुल संख्या ५ सय ८५ बनाउने उल्लेख छ ।

कांग्रेस नेता केसीका अनुसार सरकारले सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाएपनि अन्य असन्तुष्ट दलहरुसँग सहमतिको प्रयास पनि जारी राखिनेछ । ‘हदैसम्म लचिलो भएर सहमतिको प्रयास गर्ने निर्णय भएको छ’ उहाँले भन्नुभयो । संघीय समाजवादी पार्टीसँग वार्ता प्रक्रिया चलिरहेको छ भने बैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग पनि फेरि वार्ता सुरु गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?