
२० चैत, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइदैछ । मृतकहरूको सनाखत हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4