१५ भदौ, बर्दिया । गुलरिया नगरपालिका वडा नं. २ स्थित बैरियाघाटमा कृष्ण भगवानको मूर्ति सेलाउन गएका एक युवकको शनिबार डुबेर ज्यान गएको छ भने २ जना वेपत्ता भएका छन् ।
मूर्ति सेलाउन गएका बेला बबई नदीको बैरीयाघाटमा गुलरिया नगरपालिका वडा नं. ४ निमकठियाका १८ वर्षीय रामसुरज रैदासको ज्यान गएको हो । सोही ठाउँका २० वर्षीय रामु रैदास र २२ वर्षीय लक्षीराम रैदास भने हराइरहेका छन् । मृतक राम सुरजको रैदासको शब बगेको ठाउँ भन्दा करिव सय मिटर तल नदी किनारमा बाँसको झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बेपत्ता भएकाहरुको प्रहरी र स्थानीयबासीको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक प्रल्हादकुमार शाहले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4