Comments Add Comment

फोर्डले नेपालमा बेच्यो दुई हजार गाडी

१८ भदौ, काठमाडौं । अमेरिकी अटो कम्पनी फोर्ड मोटर्सले नेपालमा तीन वर्षमा दुई हजार गाडी बिक्री गरेको छ ।

नेपालमा सन् २०१० देखि गो फोर्ड कम्पनीले फोर्ड मोटर्सका उत्पादन बिक्री गर्दै आएको छ । फोर्डले भारत, थाइल्याण्ड र जर्मनीमा उत्पादन गरेका गाडी आयात गरी यहाा बिक्री हुने गरेका छन् ।

यस अवधिमा नेपाली बजारमा विभिन्न आठवटा मोडलका गाडी भित्राएको गो फोर्डले जनाएको छ । फिगो, क्लासिक, अन न्यू फियष्टा, रेन्जर, एभरेष्ट, फोकस, कुगा र इकोस्पोर्ट नेपालमा बिक्रीवितरण भइरहेका छन् ।

यीमध्ये फिगोले सबैभन्दा सस्तो मूल्यको श्रेणीमा लोकपि्रयता हासिल गरेको छ भने आरामदायी गाडीको श्रेणीमा क्लासिकले उपभोक्ताको मन जितेको कम्पनीले जनाएको छ ।

पछिल्लो समयमा भित्राएको इकोस्पोर्टमा पनि ग्राहकको आर्कषण बढेको र बुकिङअनुसार गाडी दिन नसकिएको कम्पनीले जनाएको छ ।

 

Ford-Figo

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment